गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

कञ्चनपुर, १७ चैत : बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ ।

खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार टेङ्ढुवा गाउँँमा बाच्छोलाई बाघले खाएपछि खोजीकार्य सुरु गरिएको थियो । ड्रोन क्यामेराको प्रयोग गरी खोजी गर्दा गहुँको खेतमा सुतेको अवस्थामा बाघ देखा परेपछि निगरानी गर्न थालिएको थियो ।

“आज बिहान पुनः बाघको खोजी गर्न थाल्यौँ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक सुभन मल्लले भन्नुभयो, “हात्तीको सहायताले बाघलाई डार्ट गरेपछि नियन्त्रणमा लिएका हौँ ।”

केही महिनाअघि दोधारा चाँदनी क्षेत्रबाट नरभक्षी बाघलाई उखु खेतबाट प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए । सो बाघ हाल बर्दिया राष्ट्रिय निकुञ्जको सुधारगृहमा राखिएको छ । गत वर्ष बेलौरी क्षेत्रबाटै बाघलाई प्राविधिकको टोलीले नियन्त्रणमा लिएर सदर चिडिया खाना पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...