भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

धनकुटा, १७ चैत : सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो ।

सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए ।

सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख ध्रुव रायले गरेका थिए । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छन् । तत्कालिन राजा वीरेन्द्र शाहलाई बम हानेको आरोपमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा शाही सरकारले गोली हानी हत्या गरेको थियो । विसं २०७३ मा उहाँलाई राष्ट्रिय सहिद घोषणा गरिएको हो । उहाँको सम्झनामा २०५५ सालदेखि प्रतिष्ठानले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...